सीपीएलमा सन्दीपले लिए दुई विकेट

  •  
  •  

काठमाडौं । सीपीएल क्रिकेट खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिन सफल भएका छन् । क्यारेविनयन प्रिमियर लिग टी ट्वान्टी क्रिकेट खेलमा स्पिनर लामिछानेले विकेट लिए पनि उनि आवद्ध जमैका तलावास टिम पराजित भएको छ ।

गएराति ट्रिनिडाडमा भएको खेलमा तलावास, गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो । सुरुमा टस जितेर फिल्डीङ रोजेको जमैकाले गुएनाले दिएको १ सय १९ रनको लक्ष्य पच्छ्याउन असफल भएको थियो ।

पुरै ओभर ब्याटिङ गर्दा जमैकाले ७ वीकेट गुमाएर १ सय ४ रन मात्रै बनाउन सक्यो । खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जमैकाबाट २ वीकेट लिएका हुन् ।​सन्दीपले ४ ओभर वलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए पनि जमैका पराजित भएको हो ।

हारपछि २ अंक रहेको जमैका लिग अंक तालिकाको पाँचौ स्थानमा गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *