देशभर आईतबार कोरोनाबाट १२ जनाको मृत्यु

  •  
  •  

देशभर आइतबार थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८७५ जनाको परीक्षणमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

आज थप २३ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । कूल संक्रमितमध्ये ६९।७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।