करेन्ट लागेर दुहबीका एक पुरुषको ज्यान गयो

  •  
  •  

सुनसरीको दुहबीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा दुहबी २ का ४५ बर्षीय शिव नारायण चौधरी रहेका छन ।

विहान ११ बजे खनारमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा वेहोस भएका चौधरीलाइ उपचारका लागि बिराट टिचिङ हस्पिटल विराटनगर लगिएको थियो । चौधरीको उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।