लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

  •  
  •  

सप्तरीबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मा काका र ठूलो बुवाका छोरा नाता गर्ने रहेका छन ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हिरोइनसहित शनिबार राति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

खैरो हिरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् ।
मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

आरोपितले भारतबाट खैरौ हिरोइन लिएर आएको स्वीकारेका छन् । भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हिरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ ।
उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।