वीपीमा बेड नपाएर घर फर्काइएकी कोरोना संक्रमित वृद्धाको मृत्यु

  •  
  •  

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड नपाएर घर फर्काइएकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । संक्रमित महिला धरान १५ कि ७३ बर्षीया वृद्धा रहेकि छिन । सास फेर्न गाह्रो भएपछि उनलाई वीपी प्रतिष्ठानको इर्मजेन्सी लगिए पनि बेड छैन भनेर घर फर्काईएको थियो ।

उक्त संक्रमित वृद्धाको हिजो साँझ करिब ५ बजेतिर मृत्यु भएको वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए ।उनका अनुसार वृद्धा छोरीको घरमा बस्दै आएकी थिइन् ।

उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिए पनि हिजो सास फेर्न गाह्रो भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । ‘इर्मजेन्सीमा लगेका रहेछन् । बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएको रहेछ,’वडाअध्यक्ष इवारमले भने,‘उहाँको घरमा नै मृत्यु भयो भनेर जानकारी पाएँ ।’

अध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् । तर, वृद्धा भने धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा थिइन् । मृतकको शवलाई नेपाली सेनाको टोलीले प्रोटोकल अनुसार व्यवस्थापन गर्ने तयारी गरेको छ ।