इटहरीका एक संक्रमितको वीपीमा मृत्यु

  •  
  •  

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आइतबार बिहान एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपाकिा ९ घर भएका ७९ वर्षीय पुरुष रहेका प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले बताए । । उक्त पुरुष मुटुको समस्याबाट लामो समयदेखि पीडित थिए उपचारकै क्रममा आज बिहान ३ः०५ बजे ज्यान गएको श्रेष्ठले जनाए ।

असोज २६ गते संक्रमित देखिएका पुरुषलाई २७ गते कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।