उदयपुरमा जीप दुर्घटना पाँच जनाको मृत्यु , ३ जना घाइते

  •  
  •  

उदयपुरको कटारीमा शनिबार राती स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कार्पियो राति २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन् भने अन्य ३ जनाको पहिचान खुलेको छैन ।