युवाहरुद्वारा गणेश मन्दिर सरसफाई

  •  
  •  

संगम बिष्ट (चतरा)
कोरोना भाइरसका कारण फुर्सदिला बनेका युवाहरु सामाजिक कार्यक्रमा लागि परेका छन् ।
वराहक्षेत्र नगरपालिका–५ स्थित रामझोडामा रामझोडा युथ क्लव गठन गरी संगठित भएका युवाहरु चौक निर्माण तथा मन्दिर सरसफाई गर्दै सामाजिक कार्यमा लागि परेका हुन् ।

समाजमा भएका बिकृतिलाई हटाई रचनात्मक काम गरी सृजनशिल काम गर्ने उद्देश्य राखेर सामाजिक संस्थाको रुपमा ३ साता अडाडि स्थापना गरिएको थियो । क्लवले गत शनिबार चौकमा नेपाल झण्डा राखेर चौक निर्माण गरेको छ । दशंै सुरु संगै नौ रथाका पहिलो दिन गणेश मन्दिरमा सरसफाई गरिएको युवा क्लवका अध्यक्ष सन्तोष बस्नेतले बताए ।

क्लवले धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य सहित गणेश मन्दिर सरसफाई तथा भत्किएको कम्पाउन्ड वाल पुनः मर्मत, सार्वजनिक स्थलमा रहेको इनार सरसफाई , रङ्गरोगन गरिएको थियो ।
सरसफाई कार्यक्रममा क्लवका कार्य समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु, संरक्षणहरु तथा स्थानीयहरुको उपस्थिती रहेको क्लवका सचिब दिपेश काफ्लेले बताए ।