प्रदेश १ मा थपिए ४८१ जना संक्रमित, ५ जनाको मृत्यु

  •  
  •  

प्रदेश १ मा शनिबार थप ४८१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना कोरोना संक्रमित थपिएका हुन ।

त्यस्तै पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १२९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।