सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

  •  
  •  

इटहरीमा सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इटहरी वडा न ५ बस्ने २० बर्षिय राज भन्ने लोक बहादुर बि क र इटहरी ७ बस्ने श्यामलाल धामि सहित उनिहरुले चोरेको सामान किन्ने मोरङको सुन्दरहरैचा १२ खुर्साने स्थित अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोर कवाडि पसलमा काम गर्ने शेक कुतु बुदिनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

चोरीलाई इटहरी ५ पश्चिम लाइनबाट इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।
साथै उक्त कवाडि पसलबाट बिभिन्न कम्पनिका चोरी गरी ल्याएको १६ थान ब्याट्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हाल बजारमा उक्त ब्याट्रीको मुल्य ३ लाख रहेको छ । चोरी गर्ने तथा चोरीको सामान किन्ने ३ जनालाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले इटहरीले जानकारी दिएको छ ।