अनावश्यक कामको लागी घरबाट बाहिर नजान धरान उपमहानगरपालिकाको आग्रह

  •  
  •  

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी धरानमा कोरोना संक्रमणदर अत्यन्तै वृद्धि भएको कारण अत्यावश्यक काम बाहेक अनावश्यक कामको लागी घरबाट बाहिर नजान आग्रह गरेको छ ।

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी घरबाट निस्किनै परेमा अनिवार्य रूपमा मास्क र चस्माको प्रयोग गर्नु साथै अनावश्यक भिडभाड नगर्नु र भिडभाडमा नजानु पनि भनेको छ ।

रातको समयमा हिँडडुल गर्न निषेध गरिएको हुँदा साँझ ८ बजे पछि हिँडडुल नगर्नु हुन समेत सूचनामा मार्फत आग्रह गरिएको छ ।
धरान बाहिरबाट आउनेहरूले अनिवार्यरुपमा ७ दिन घरमा नै सुरक्षित रूपमा क्वारेन्टाईनमा बस्नुपर्ने छ । आफूलाई कोभिड १९ को कुनै लक्षणहरू जस्तै टाउको दुख्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, जिउ दुख्ने, स्वाद नआउने वा बास्ना थाहा नपाउने देखिएमा अनिवार्य रूपमा सुरक्षित रूपमा छुट्टै बस्नुका साथै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर स्वास्थ्य परीक्षण गर्नुपर्ने सूचना अधिकृत खगेन्द्र खतिवडाले बताएका छन् ।