लुकाइछिपाइ राखिएको २२ किलो सुन बरामद

  •  
  •  

वीरगञ्जमा अपार्टमेन्ट भित्र लुकाइछिपाइ राखिएको २२ किलो सुन प्रहरीले बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका(६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले सो सुन बरामद गरेको हो ।

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा राखिएको जनाइएको छ । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।