कोरोनाको महामारी बीच बेलका कांग्रेसद्धारा आन्दोलनको तयारी

  •  
  •  

सदाबहार संवाददाता
श्रावण २८ ,बेलका उदयपुर
समुदायमा कोरोना फैलिएको भन्दै जिल्ला प्रशासन कार्यलय ,उदयपुरले श्रावण २७ मा सूचना जारी गर्दै उदयपुरका ३ पालिकाहरुमा श्रावण २८ गते मध्यरातबाट लागुहुने गरि निषेधाज्ञा जारी गर्दै अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिक्लन भन्दै सूचना जारी गरे पनि बेलका नेपाली कॉंग्रेसले सामाजिक दुरी क़ायम राख्दै बेलका नगर पालिका बिरुद्ध गॉउ टोलमा पर्चा,पम्प्लेट र प्रचार प्रसार गरिरहन गॉउ स्तरिय नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ।

जारी पत्रमा जनतालाई रॉके जुलुस र बिरोध सभामा सहभागि भएकोमा आभार व्यक्त गर्दछौ भनिएको छ।
श्रावण २9 गते साँझ बेलका कॉंग्रेस का सभापति सुशील सेढाईले आफ्नो फ़ेसबुक पेजमा आन्दोलनरत विपक्षी दलहरुको तर्फबाट भन्दै एकल हस्ताक्षरमा प्रत्येक गाउटोलमा बेलका नगरपालिका बिरुद्ध पर्चा,पम्प्लेट र प्रचार प्रसार कार्य जारी राख्न भन्दै अनुरोध पत्र सार्बजनिक गरेका छन्।
सेढाईले स्थिति सामान्य बनेपछि थप कार्यक्रम सार्बजनिक गरिने भनेपनि कस्तो कार्यक्रम हो ? पत्रमा खुलाएका छैनन।
बेलकामा कृयासिल बिपक्षी राजनैतिक दलहरुको तर्फबाट भनिए पनि केहि राजनैतिक दलहरुले अबको आन्दोलनका कार्यक्रममा सहभागि नजनाउने बताएका छन्।
बेलका नगरपालिका मा ७जना कोरोना संक्रमित बिरामी फेला परे संगै कोरोना समुदायमा फैलिएको कारण जिल्ला प्रशासन कार्यलय उदयपुरले बेलका सहित ३वटा पालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।