वराहक्षेत्रमा करुणाको ५ लाख बढीको कार्यक्रम

  •  
  •  

वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै
आएको करुणा फाउण्डेशन र बराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष
२०७७÷७८ का लागि दुई पक्षीय सम्झौँता भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र
फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु
आर्थिक वर्षमा प्रदेश सरकार समेतबाट प्राप्त बजेटमा ५ लाख बढीको काम
गर्ने भएको छ ।
शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र
फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय
सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् ।चालु आर्थिक वर्षमा प्रदेश
१ सरकारको १५ लाख, वराहक्षेत्र नगरपालिकाको ३४ लाख रुपैयाँमा
फाउण्डेशनले काम गर्ने भएको छ ।
करुणाले कोरोना संक्रमणका कारण प्रभावित भएका अघिल्ला वर्षका
कार्यक्रमलाई रकमान्तरण गरी चालु आवमा समेत कार्यक्रम सञ्चालन गर्ने
छ । संस्थाले मिलिजुली समूह गठन गरी संस्थागत क्षमता विकासका कार्यक्रम
समेत गर्दै आएको छ ।
करुणा फाउण्डेशनको यो कार्यक्रम निरन्तर तेस्रो वर्षमा चलिरहेको
वराहक्षेत्र नगरपालिकाका कार्यक्रम अधिकृत अरुण मेहताले जानकारी दिए ।