बराहक्षेत्रको ३ नम्बर वडा भवन भदौँमा उद्घाटन हुने

  •  
  •  

दिपक पुरी / नडाहा
बराहक्षेत्र नगरपालिकाको नव निर्मित ३ नम्बर वडा कार्यालय भवन भदौँमा उद्घाटन हुने वडाका अध्यक्ष रुद्र दाहालले बताएका छन् । वडा भवनको विषयलाई लिएर मेयर निलम खनाल र वडा अध्यक्ष रुद्र दाहालबीच टक्राब रहेपनि पछिल्लो समय भने नव निर्मित वडा कार्यालय बनेको भवन उद्घाटन हुने भएको छ ।
वडा अध्यक्ष दाहालका अनुसार वडा कार्यालय बनाउने बिषयमा विभिन्न समस्या आएपनि अहिले सबै समाधान भएको र वडा कार्यालयलाई नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै सम्पूर्ण वडावासिको इच्छा चाहाना अनुसार नडाहामा वडा कार्यालयमा बनाएको बताए ।

वडा कार्यालय बनाउँन विभिन्न ठाउँमा भएको असहमतिलाई कसैले सहमति गर्न नसकेको र नडाहा चौकमा वडा कार्यालय बनाउने अवसर जुटेको र यस अवसरलाई सफल बनाउन नडाहावासी लगायत देश बिदेशमा बस्नु हुने वडावारीको सहयोगले गर्दा हिजो नडाहा भनेर छिछि दुरदुर गरेको नडाहालाई अहिले सबैको मन मस्तिष्कमा बस्न सफल भएकोमा गौरवको महसुस गरेको दाहालले बताए ।
दाहालले भने वडा नम्बर ३ को यो एउटा अवसर सबैलाई नहुने तर हामी लाई महत्त्वपूर्ण अवसर पाएको दाहालले बताए । यो महत्त्वपूर्ण अवसरले हामीले हाम्रो ठाउँ नडाहा चौकमा कार्यालय बनाउन सफल भएको बताए । उनले भने जनताले बनाएको वडा कार्यालय बनाउन प्रदेश , संघीय सरकारका माननीय हरुलाई बोलाउने तयारी रहेको र मैले माननीय ज्युहरु संग कुराकानी भइरहेको बताए ।
दाहालले भने कोरोना भाइरसको कतिको प्रभाव हुने हो त्यो थाहा नभएको यदि कोरोना भाइरस सामन्य भए भदौ पहिलो हप्ता उद्वघाटन हुने र उक्त कार्यक्रमम्क माननीय मेयर साब लगायत विभिन्न ब्यक्तीहरुलाई बोलाई एक भब्य कार्यक्रम गरि उद्घाटन गर्ने र उद्वघातन को निम्तो दिन काठमाडौ जाने तयारीमा रहेको दाहालले बताए ।
यता बोल्दै अमृत खड्काले भने यो वडा कार्यालयको लडाइमा वडा कार्यालय उदघाटन गर्न मेयर साब लाईनै बोलाउन पर्ने जोड दिएका छन् । उनले भने अहिले नगरपालिका बनाउदै गरेको मिलान चौकको भवनलाई कुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ त्यसमा प्रयोग गर्नु पर्ने बताए । वडा कार्यालय बनाउन सहयोग गर्ने प्रतिबद्धता दिनु हुने विभिन्न ब्याक्तीहरु बाट बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ ।
जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देश विदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ ।
यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र वडा अध्यक्ष समेत रहेका रुद्रबहादुर दाहालबाट १ लाख ५१ हजार प्राप्त भएको छ ।
अमृतबहादुर खडकाबाट ५१ हजार, निरकुमार कार्कीबाट ११ हजार ५ सय ५५, तुलमति एभेङ लिम्बूबाट १५ हजार १ सय, कमला थापाबाट ११ हजार, अर्जुन कार्कीबाट ५ हजार ५ सय र स्वर्गीय माता मोतीमाया राईको नाममा छोरा उत्तमकुमार राई कान्छाले १० हजार रुपैयाँ प्रदान गरेको निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिए ।
वराहक्षेत्र ३ नडाहास्थित मुख्य चोकमा ६ कोठे भवन वडा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ ।
हालसम्म २१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।