बराहक्षेत्रका तामाङलाई राहत

  •  
  •  

दिपक पुरी र नडाहा
केहि दिनदेखि अबिरल वर्षाको कारणले बराहक्षेत्र–५ मिलन चोक बस्ने धन बहादुर तामाङ्गको घर बाढीले भत्काएको छ ।
तामाङको घर खोलासङै बनाएको टहराको खम्बा भत्काई क्षति पुर्‍याए पछि वडा नम्बर ५ वडा सदस्य टेकबहादुर गौतमको पहलमा नेपाल रेडक्रस सोसाइटी भरौल उप–शाखा जनप्रतिनिधि लगायत टोलि उक्त स्थानमा अवलोकन गरि वडा नम्बर ५को कार्यालय खाद्यान्न सामाग्री राहत स्वरुप सहयोग गरेको वडा सदस्य गौतमले बताए ।
गौतमले तत्काल सहयोग स्वरूप नेपाल रेड्क्रस सोसाइटी भरौल उप–शाखा द्वारा तत्काल सहयोग स्वरुप भाडा बर्टन लत्ताकपडा लगायत सामाग्री हस्तान्तरण गरिएको सदस्य गौतमले बताए ।