चौक–चौकमा बृद्धभत्ता वितरण गर्दै वडा नम्बर ३

  •  
  •  

दिपक पुरी / नडाहा,
यस बिपतको गघीमा पनि सामाजिक दुरी कायम राख्दै माक्स लगाउँदै बराहक्षेत्र वडा नम्बर ३ ले चौमासिकमा पाउँदै गरेका बृद्ध एकल महिला अपाङ्ग लगायतले पाउने भत्ता जनप्रतिनिधि ,क्रर्मचारी , मितेरी बैंकका कर्मचारीको रोबरमा बुधबारदेखि र सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको वडा सचिव निलम कार्कीले बताए ।

बराहक्षेत्र ५ मा रहेको मितेरी बैंकसंग बराहक्षेत्र नगरपालिका समन्वयमा कोरोना भाइरस अझै निर्मुल नभईसकेको अवस्था रहेपनी यस्तो अफ्ट्यारो अवस्थालाई मध्येनजर गर्दै अपाङ्ग एकल महिला बृद्धअवस्थामा रहेको आमा बुबा लगायतलाई बैंकसम्म जान कठिन भएको भन्दै बुधबारदेखि सर्वसाधारणलाई केही राहात होस् भनेर चौक–चौकमा एउटा टोल अर्को टोल गर्दै नगद हस्तान्तरण गरेको वडा सचिव कार्कीले बताए ।
कार्कीले भने आज हामीले १ सय ५० जनालाई वितरण गरेको र भोलि पनि नडाहा चौकमा रहेको खोप केन्द्र बाट वितरणगर्ने बताए ।
उनले भने बराहक्षेत्र वडा नम्बर ३ मा जम्मा ५ सय जानलाई भत्ता वितरण गर्दै आएको छ।