महामारी रोगका कारण बेलाकामा ४० बढी भैसी मरे

  •  
  •  

बेलका उदयपुर,असोज २
बेलका नगरपालिका वडा नं.८ सिसौली टप्पु क्षेत्रमा रहेका ४० भन्दा बढी भैसीहरु महामारी रोगका कारण मरेका छन्।
पशु सेवा कार्यलय बेलका नगरपालिकाका पशु पंक्षी बिज्ञ पुष्प बुढाथोकीका अनुसार भ्यागुते तथा चर्चरे रोगको कारण यति धेरै संख्यामा बेलकामा पशुहरुको मृत्यु भएको पहिलो घटना भएको बताए।
रोगी भैंसी तथा पांडा पाडीहरुमा देखिएको लक्षणका आधारमा भ्यागुते तथा चर्चरे रोग हुन सक्ने विज्ञ बुढाथोकीले बताए।
नगरपालिकामा ढिलो गरि सूचना आएका कारण समयमै उपचार गराउन नसकेकोले यति ठूलो संख्यामा पशुधनको क्षति किसानहरुले ब्यहोर्नु परेको बुढाथोकीले बताए।
समयमै सूचना पाएको भए क्षतिलाई न्युनिकरण गर्न सकिन्थ्यो,पशुविज्ञ बुढाथोकीले भने ।

No description available.

खबर पाउनसाथ असोज २ गते नै बेलका नगरपालिकाबाट गएको पशु चिकित्सक सहितको ६ जनाको टोली सो क्षेत्रमा पुगी केही रोगी संक्रमित रागॉ,भैसी र पाडापाडीको स्वास्थ्य जॉच गरि औषधी उपचार गरेको थियो ।सोही दिन स्थानीय पशुपालक किसानहरुलाई भेला गरि रोग नियन्त्रण र उपचार बिधीबारे जानकारी दिँदै आवश्यक औषधीहरु कृषकहरुलाई वितरण गरेको राष्ट्रीय कृषक समुह महासंघ बेलका नगरका नगर अध्यक्ष तथा नगरपालिकाका कृषि तथा पशुपंछि सल्लाहकार नारद निरौलाले बताए।
रागॉ तथा भैसीहरुमा घाटी सुन्निने,सिंगान चुहाउने ,र्याल काड्ने ,ज्वरों आउने ,घ्यार घ्यार गर्ने र अन्तत मर्ने गरेको स्थानीय पशुपालक कृषक झलकमान राईले बताए ।राईकानुसार रोगको लक्षण

No description available.

एक साता अगाडीबाट पालिएका रॉगा भैंसीहरुमा देखिए पछि स्थानिय भेटेनेरियनहरुलाई बोलाएर उपचार गराउदै आएपनि मर्न नरोकिएपछि ८ नम्वर वडाका वडाध्यक्ष जय कुमार राईलाई सुचित गरेको बताए ।स्थानीय कृषकहरु योगेन्द्रराम तामाड०को १३ थान,भरत यादव को ७थान लगायत कृषकहरुको रॉगा भैसीहरु मरेको बताईएको छ।
“अहिले मर्ने जति भैसी रॉगा मरेपछि धेरै जसोले बाकी रहेकालाई चरिचरणमा नलगी घरमै बाधेर थप उपचार गर्दै स्याहारी रहेका छौ ।”कृषक राईले भने । स्थानीय बिशाल माझीले भने आफ्ना ८वटा रॉगा भैसीलाई कोशीको ठिक्री९कोसी नदिको बिचभागमा रहेको ख़ाली जमिन० मा लगेर राखेको बताए ।रोगी पशुहरुसंग हेलमेल नगराई छुट्टै चरण क्षेत्रमा राखी चराउँदा माझीको रागा भैसी भने मरेका छैनन।

No description available.


बिभिन्न क्षेत्रवाट पशुहरुलाई सो क्षेत्रमा चरिचरणका लागि ल्याउने गरेकाले संक्रमित पशुबाट सो रोग सरेको हुनसक्ने विज्ञ बुढाथोकिले वताए। सो क्षेत्रको सिसौली टप्पु,सोमबारे क्षेत्र,रामपुर तल्लो क्षेत्रमा रोग फैलिएको स्थानीय कृषकहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *