संविधान दिवसमा लायन्स क्लब द्वारा ६६ पिन्ट रक्तदान संकलन

  •  
  •  

बराहक्षेत्र / प्रदीप जस्मैत चौधरी
सुनसरीको बराहक्षेत्र नगरपालिकामा अवस्थित लायन्स क्लब अफ कालाबन्जर द्वारा असोज ३ गते शनिबारको दिन संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम बराहक्षेत्र वार्ड नम्बर ५ को वडा कार्यालयको भवनमा ६६ पिन्ट रगत सकंलन गरेको छ ।लायन्स क्लबको यो कालाबन्जरमा पहिलोपल्ट रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । हामीले बर्षेनि विभिन्न सामाजिक कार्य हेतुले यो कार्य गरेको क्लबका अध्यक्ष देवेन्द्र विष्टले बताए ।
मानिसहरु रगत अभावले अकालमा मृत्यु भएकोले हामीले यो काम गर्न शुरु गरेको हो । मान्छेको शरिरमा अनावश्यक रगतहरु तीन तीन महिनामा फेरि रहने भएकोले रगत दान गर्दा कसैलाई केही समस्या नहुने विष्टले बताए ।

हाम्रो लक्ष्य भनेको यो कोरोनाको समयमा कम्तिमा ५० पिन्ट गर्नु थियो तर हामीले सोचे भन्दा बढि ६६ पिन्ट संकलन गर्न सक्षम भएको अध्यक्ष विष्टले बताउ छन् । जस्मा ३ जना महिलाहरुले पनि रक्तदान गर्नु भएको थियो । यो हाम्रो पहिलोपल्टको प्रयासलाई हातमा हात र साथमा साथ भेष्ट सौज्यन गरिदिनु हुने मंगलम हार्डव्यर बराहक्षेत्र ५, कालाबन्जर र सिओ बराह मारबल एण्ड सेनिटेरि बराहक्षेत्र ५ कालाबन्जरले गरेको थियो ।

लायन हरि वहादुर खत्री, लायन गोपाल प्रसाद दाहाल ( गुरु ), लायन ऋषि ढुंगाना र लायन संजिव डुग्गेल लगायतका व्यक्तिहरु कार्यक्रममा सहयोग गरेकोे थियो भने लोकल सिन कालाबन्जर समुहका सदस्यहरुले स्वयमसेवक गरि सहयोग गरेको थियो । यो संगै अब हाम्रो दोस्रो लक्ष्य भनेको बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ र रामधुनि नगरपालिका वार्ड नम्बर ६ को सिमना पर्ने सुनसरी पुलमा स्वागत गेट बनाउने र स्वास्थ्य शिविर चाडैं नै सञ्चालन गर्ने लक्ष्य रहेको विष्टले बताए । रगत संकलन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नेपाल रेडक्रस सोसाइटि गरेको थियो ।

यो रक्तदान कुनै सङ्घ-संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तोष रक्तदान गर्नु हो।

रगतको आवश्यकता परेमा नेपाल रेडक्रस रक्त सेवाले सक्दो सहयोग गरी रक्तदातालाई सम्मान गर्दछ कार्यक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका मेयर निलम खनालले बताए । कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेको समयमा लायन्सले रक्तदान कार्यक्रम गरि धेरैको जिवनमा उध्दार गरेको मेयर खनालले बताए ।

खनालले बराहक्षेत्रको क्लबहरु उल्लेखनीय सामाजिक कार्य गरिरहेको छ । सामसद विकास कोषबाट बराहक्षेत्रमा सामुदायिक भवन निमार्ण कार्य हुँदै छ, यस्मा सवै संघ सस्था क्लबहरुलाई हातेमालो गर्दै जनचेतनामूलक कार्यक्रम गरियो भने सामाजमा घट्ने विकृतिहरुलाई परिवर्तन गरि युवाहरुलाई सहि दिसामा लान सकिने खनालले कार्यक्रममा बताए ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ३ र ४ का अध्यक्ष क्रमशः रुद्रप्रसाद दाहाल र आशाराम चौधरी, भरौल गा. वि .स. पुर्व अध्यक्ष लक्षमण चौधरी, लायन्स जोन चेयर पर्सन दर्गा प्रसाद फुयाल, सानो कोमल कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष पदम बहादुर श्रेष्ठ, पुर्व लायन्स क्लबका अध्यक्ष राजन कार्की र लायन साजिद हुसेन लगायतको विशिष्ट आतिथ्यहरुले शुभकामना मनतव्य राखेको क्लबका सचिव खड्ग बाहादुर वस्नेतले बताए ।