मंगलबार परेको पानीले पटनाली पुलमा क्षति

  •  
  •  

संगम बिष्ट र चतरा
मंगलबार रातीदेखि अबिरल रुपमा परेको पानीले धरान–चतरा सडक खण्ड अन्तर्गत पर्ने पटनाली खोलामा क्षति पुर्याएको छ ।बराहक्षेत्र नगरपालिका र धरान उप–महानरपालिका जोड्ने पुलको बराहक्षेत्रतर्फ लगाएको ढुङ्गा जालि बगाएर पुललाइ क्षति पुर्याएको स्थानीयवासी दिनेश कार्कीले बताए ।
नेपाल सरकारको बजेटवाट २०७६ सालमा निर्मांण सम्पन भएको १० मिटर लम्बाईको पुलमा बर्षाले क्षति पुराए पछि जोखिमपूर्ण रुपमा एक साइटवाट ओहोरदोहर गरी रहेको उनले बताए ।

यस्तै पानी परिरहे बाढीले पुल पूर्णरुपमा क्षति र बराहक्षेत्र १ को बगुवा बस्तिनै जोखिममा पर्ने स्थानीयवासी पुष्प ढुङ्गानाले बताए । हाल नेकपाका जिल्ला सचिवालय सदस्य तथा बराहक्षेत्र नगर कमिटीका सह–इन्चार्ज समेत रहेका ढुङ्गानाका अनुसार हाल सम्म ३०÷४० वटा जालि बगाइसकेकाले वडा ,नगर तथा सरोकारवाला पक्षले चाडो भन्दा चाडो पुल सुरक्षा र वस्तितर्फ पानी पस्ने जोखिमलाई हेरेर उचित रुपमा कटान नियन्त्रणमा ध्यान दिन आग्रह समेत गरे ।

धरान स्थित् सर्दु खोलाको पुलसंगै निर्माण भएको पटनाली खोलाको पुल रसुवा निर्माण कम्पनीले निर्माण गरेको थियो । निर्माण भएको एक वर्षमै बाढीले क्षति गराएपछि निर्माण साम्रागी कमसल र गत वर्षहरुमा खोलाबाट नदिजन्य वस्तु मापदण्ड बिपरित उत्खनन् भएका कारण पुलमा क्षति र बस्तिलाई असुरक्षित बनाएको स्थानीयको बुझाइ रहेको छ ।
भने स्थानीयवासीको बिरोधका कारण गत आर्थिक वर्ष २०७६÷
०७७ सो खोलावाट नदि जन्य बस्तु निकाल्न स्थानीय सरकारले रोक लगाएको थियो।