न्यायको पक्षमा निःशुल्क बहस गर्नेछु : सुरेन्द्र बस्नेत

  •  
  •  

उदयपुरको बेलका नगरपालिकाको कानुनी सल्लाहकार सुरेन्द्र बस्नेतले पीडित हुँदाहुँदै पनि न्यायको पहुँचमा पुग्न नसकेका पीडितहरुको लागि निः शुल्क सल्लाह तथा बहस गर्ने घोषणा गरेका छन् ।
देशमा हाल पैसा र पावरले न्यायको खिलापमा लड्ने ब्यक्ति कम भएको हुँदा आफू सदैव न्यायको लागि पैरवी गर्न तयार रहेको सदाबहार न्युजसँग बताए।
देशमा न्याय बिक्दै गएको एसिड आक्रमण र रञ्जन कोइराला लगायत उदाहरणहरु प्रशस्त देखिएका छन। यस्तो अबस्थामा न्याय र सत्यको पक्षमा निस्शुल्क बहस गर्ने उनको यो कदम सराहनीय छ।

आफूले अंगालेको पेशा पारिश्रमिकका लागि मात्र नभई निःस्वार्थ भावानाले पीडितलाई न्याय दिलाउनमा सहयोग गर्ने उनको घोषणालाई धेरैले सामाजिक सञ्जालमार्फल प्रशंसा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *