भायानेटको इन्टरनेट सेवा अब इनरुवामा पनि

  •  
  •  

भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आर्इ. पि.टि.भि सेवाहरुलाई नेपालभरी विस्तारित गर्ने क्रमलाई अघि बढाउने क्रममा इनरुवामा सेवा बिस्तार गर्ने भएको छ ।

इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको हो।

कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

भायानेटको १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्ने कम्पनीले जानकारी दिए।