भारतमा पछिल्लो २४ घण्टामा थपिए ९७ हजार ८९४ जना संक्रमित

  •  
  •  

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० का कारण ९७ हजार ८९४ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म् संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३२ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना भाइरसका ४० लाख २५ हजार ८० संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० लाख नौ हजार ९७६ संक्रमित निको हुन बाँकी छन् ।
अमेरिकापछि भारत कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक हो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका ६६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।