सुनको मूल्यमा गिरावट

  •  
  •  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । हिजो (बुधबार) तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।