काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परे

  •  
  •  

काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् ।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको बताए ।उनका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।