सुनसरीमा पछिल्लो २४ घण्टामा थपिए ६२ जना संक्रमित

  •  
  •  

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा दुई जना, गढी गाउँपालिकामा पाँच जना, कोसी गाउँपालिकामा चार जनामा संक्रमण देखिएको छ ।

इटहरीमा आठ महिनाको बालकमा पनि संक्रमण देखिएको छ । भदौ २६ र २७ गते स्वाब संकलन गरिएकामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । वडा ९ का ८ महिनाको बालक र १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको छ । यस्तै, इटहरी( ४ का ३३ वर्षीय पुरुष, वडा ५ का ४२ र ४६ वर्षीय पुरुष, वडा १० का २७, ६५ र ७० वर्षीय पुरुष, वडा १३ का १८ र ४५ वर्षीय पुरुष छन् । यस्तै, इटहरी वडा १६ का ४४ वर्षीय पुरुष, वडा १९ का ५५ वर्षीय पुरुष, वडा २० का ३७ बर्षीया २ जना महिला र ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

इहटरीमा सशस्त्र प्रहरीका दुई जनासहित अन्य दुई जना जनपथ प्रहरीको पनि पोजिटिभ रिपोर्ट आएको छ । इटहरीमा हालसम्म संक्रमण पुष्टि भएको संख्या ३५० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड( १९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या १ हजार ३१९ पुगेको छ । अहिलेसम्म सुनसरीमा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ भने ६ सय १० जना डिस्चार्ज भएका छन् ।