प्रेस युनियन वराहक्षेत्र नगर समन्वय समितिको परिचयात्मक कार्यक्रम सम्पन्न

  •  
  •  

नेपाल प्रेस युनियन वराहक्षेत्र नगर समन्वय समितिले परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नगर समितिले वराहक्षेत्रमा रहेर विभिन्न मिडियामा कार्यरत प्रजातान्त्रिक सञ्चारकर्मीलाई युनियन मार्फत संगढित बनाउने उदेश्य सहित नगरमा रहेको ७ सदस्य कार्य समितिलाई थपेर १४ कार्य समिति बनाएसँगै ३ सदस्य सल्लाहकार समितिलाइ ४ सदस्यीय बनाएको छ ।

बुधबार चक्रघट्टिमा आयोजना भएको कार्यक्रमले चतराका पत्रकार संन्तोष गुप्ता, इटहरी एफ.एम. मा कार्यरत कालाबन्जारकी चन्द्रकला खड्का , सदावहार मिडिया प्रा.लि.मा कार्यरत सबिना खत्री, शिशिर तामाङ , काष्ठमण्डप टिभिका उत्सव सुवेदी, सुनसरी एफ.एम. कि गंगा भट्टराई , काष्ठमण्डपमा कार्यरत सिर्जना थापालाई थप गरि १४ सदस्यीय र नेपाल प्रेस युनियन सुनसरीका पुर्व जिल्ला कार्य समिति सदस्य अग्रज पत्रकार हिमाल रार्इलार्इ सल्लाहकारमा थप गरि चार सदस्यीय सल्लाहकार समिति बनाएको अध्यक्ष संगम बिष्टले जानकारी दिए ।

No description available.

अध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय पार्षद बाबुराम कार्कीले प्रेस युनियनको बारेमा प्रकाश पारेका थिए । उनले युनियन र माऊ पार्टी बिच तालमेल नहुदा भएका कामको प्रचार हुन नसकेको बताउँदै , युनियन र पार्टी अब सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । अर्का केन्द्रीय पार्षद भिषण राईले पत्रकारहरुको पक्षमा कम्युनिस्ट कहिले नहुने भन्ने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । पुर्व जिल्ला सदस्य अग्रज पत्रकार हिमाल राई, सन्तोष गुप्ता , काष्ठमण्डप टिभिका ब्युरो प्रमुख निश्चल बस्नेत लगायतले युनियनको बारेमा प्रस्ट पारेका थिए ।

नेपाल प्रेस युनियन सुनसरीका निर्वतमान अध्यक्ष धनबहादुर पुरीले वराहक्षेत्रमा नगर समन्वय समिति गठन गरेका थिए । संगम बिष्टको अध्यक्षतामा रहेको तदर्थ समितिलाई धनबहादुर पुरीले २०७६ साल जेठ २६ गते समन्वय समिति गठन गरेको नगर सचिव सुबिन विश्वकर्माले जानकारी दिए । पुरीले बिष्टको अध्यक्षतामा , उपाध्यक्ष दिपक पुरी, सचिव सुबिन बिश्वकर्मा, सह-सचिव सीता दाहाल, कोषाध्यक्ष निर्मला रार्इ अधिकारी , सदस्य भविन राउत र सञ्चारपाटीमा कार्यरत भरौलकि सबिना खड्का रहेको ७ सदस्यीय कार्यसमिति गठन गरिएको थियो भने केन्द्रीय पार्षद बाबुराम कार्की, भिषण राई र छबिना मगरलाइ सल्लाहकारमा चयन गरिएको थियो ।