घिमिरे बिष्ट वराहक्षेत्रको अध्यक्षमा देवेन्द्र बिष्ट

  •  
  •  

संगम बिष्ट चतरा

काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रको वराहक्षेत्र नगरपालिकाको साखा अध्यक्षमा वराहक्षेत्र– ५ कालाबन्जर निवासी देवेन्द्र बिष्ट चयन भएका छन् ।
शनिवार काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रका अध्यक्ष हरिबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन प्रथम नगर भेलाले अध्यक्ष देवेन्द्र सहित उपध्यक्षमा वराहक्षेत्र–१० प्रकासपुरका टंक बिष्ट , सचिवमा वराहक्षेत्र–९ राजावासका रोनि बिष्ट , सह( सचिबमा वराहक्षेत्र –५ कि लिला बस्नेत ( बिस्ट) , कोषाध्यक्षमा वराहक्षेत्र – ८ वाग्झोरा निवासि दिवस बिष्ट सहित १५ सदस्यीय कार्य समिति सर्व सम्बत रुपमा चयन गरिएको हो ।

वराहक्षेत्र–७ स्थित वाङ्गे बजारमा रहेको एक सामुदायिक भवनमा आयोजित कार्यक्रमको सभाध्यक्ष उपतिथित मध्यका जेष्ठ सदस्यीय ८१ बर्षिय दानबहादुर बिष्ट रहेका थिए । भन्ने स्वागत मन्तव्य देबेन्द्र बिष्टले राखेका थिए ।
रोनि बिष्टले सन्चालन गरेको कार्यक्रम बिशिस्ट अतिथि काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रिय समितिका कोषाध्यक्ष देवेन्द्र बिष्ट , सचिव बाबुराम बिष्ट तथा प्रमुख अतिथि काश्यप गोत्रिय घिमिरे बिष्ट क्षेत्री वंश उत्थान केन्द्रका केन्द्रीय अध्यक्ष हरिबहादुर बिष्ट मनत्व्य राखेका थिए ।