खानेपानी संस्थाको भदौमै साधारण सभा हुन्छ :अध्यक्ष धिमाल

  •  
  •  

सुबिन बिश्वकर्मा÷बराहक्षेत्र ।
स्थापनाकाल देखि हालसम्म आइपुग्दा संस्थाले ब्यहोर्नुपर्ने समस्या तथा चुनौती, सरोकारवालाको चासो, संस्थाको बेरुजु, खानेपानीको महशुल वृद्धि गर्ने लगायतका सन्दर्भमा महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफार्इ उपभोक्ता संस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार संस्थाले आफ्नै कार्यलय चक्रघटिमा आयोजना गरेको सो कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, नगर प्रमुख निलम खनाल, वडा नम्बर ६, ७ र ८ का वडाअध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सो अन्तरक्रिया गरेको हो।
संस्थाका अध्यक्ष भवानी धिमालले खानेपानीको २०६४ सालमा सर्बदलिय ९ सदस्यीय समिति गठन भएपश्चात आजसम्मको चुनौती र भैरहेका प्रयासहरुबारे प्रष्ट पारे।

कार्यक्रममा बक्ताले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष धिमालले “संस्थानको स्थापना देखि नै हिन्दु धर्मको उलंघन भएको, हाल भैरहेको स्थानमा खानेपानीको ट्यांकी भैरहँदा उक्त कार्यको गलत संज्ञा दिँदै, संस्थाले १करोड २५ लाखको हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा लगाई अनावश्यक लान्छना लगाएको हुँदा साधारणसभा गर्नमा ढिलाई भएको उनको भनाई छ।
अन्तरक्रियामा अधिकांशले संस्थानको कानुनी प्रक्रिया र साधारणसभाको बिषयमा जिज्ञासा राखेको हुँदा अध्यक्ष धिमाले संस्था दर्ता भएको २०६६ देखि अहिलेसम्मको अडिट गरेको स्पष्ट पारे।
उनले थपे, बक्यौँता रकम खानेपानी टोल बिकास समितिकै कारण रहेको हो। कोरोनाको कहरमा आफुलाई पनि महशुल बढाउन चाहना नहुँदा पनि नगर बिकास कोषको आदेशलाई शिरउपर गर्नमा आफुहरु बाध्य भएका छौँ।

यद्यपि आम उपभोक्ताको खानेपानीप्रती लागेको धमिलो जालोलाई हटाउनका लागि भदौभित्र साधारणसभा गरेरै छोड्ने र आर्थिक पार्दशिता प्रष्ट्याउने उनको दाबी छ। हाल उपभोक्ताले तिर्दै आएको शुल्कमा १० वटै खानेपानी टोल बिकास समितिका अध्यक्ष, राजनीतिक दल्का प्रतिनिधि सहितको बैठकले वृद्धि गर्न म्याईन्यूट गरेको शुल्कमा अझ कम गर्न लागेको भएपनी केही पक्ष असन्तुष्ट रहेका छन्
। टोल बिकास समितिले असार १६ गते निर्णय अनुसार ०ः६ युनिटसम्म रु। १८०, ७ः१२ युनिटसम्म प्रतियुनिट रु।४५, १३ः१८ युनिटसम्म प्रतियुनिट रु।६८ र१९ भन्दा माथी भए प्रतियुनिट रु। १०० हुनेगरी सर्बसम्मत निर्णय गरेको थियो। तर पछि सो निर्णयअनुसार उपभोक्ता मारमा पर्नसक्ने भएको ठहर गर्दै समितिले ०ः७ युनिटसम्म रु।१२०, ८ः१४ सम्म रु।२५ प्रतियुनिट, १५ः२१ रु।३५ प्रतियुनिट, २२ः३० रु।४५ प्रतियुनिट र ३१ भन्दा माथीको रु।७५ प्रतियुनिट महशुल कायम गरिएको हुँदा उपभोक्ता मारमा नपर्ने र यसमा आपत्ति जनाउनुपर्ने कुरा नभएको अध्यक्ष धिमालको भनाई छ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले खानेपानीमा देखिएको समस्याहरुलाई समाधान गर्दै बक्यौदा रकमलाई सबैले मिलेर कोहि पनि मारमा नपर्ने गरि समाधान गर्नुपर्ने भनाई राखेका थिए ।
अन्तरक्रियामा जिज्ञासा राख्दै स्थानीय कपिल आचार्यले खानेपानीको मुल्यबृद्दी तत्काललाई नबढाउन र चाडोभन्दा चाडो साधारणसभा गर्न माग गरेका थिए। उनले कोरोनाको कहरले कठ्याङग्रिएका जनतालाई खानेपानी दूधभन्दा पानी मंहगो भएकाले जनताले खोजेको साधारणसभा तत्काल गर्न र महशुल यथास्थितिमा राख्न अनुरोध गरे।
भाद्र महिनामा साधारणसभा गर्ने समितिले निर्णय गरेको हुँदा स्थानीय रमेश कार्कीले भाद्रमा साधारणसभा गर्ने भए अहिले किन हतार गरि महशुल बढाउन पर्यो भन्दै असन्तुष्ट व्यक्त गरेका थिए।
त्यसैगरी तत्काल महशुल वृद्धि नगर्न वडा नम्बर ८ का अध्यक्ष फडिन्द्र भट्टराईले सुझाएका थिए। कार्यक्रमका अधिकांश बक्ताले भाद्रमा साधारणसभा गरि महशुलको विषयमा पुनर्विचार गर्ने कुरामा आफू सहमत भएको बताउँदै अहिले महशुल वृद्धि गर्ने उपयुक्त समय नभएको बताए।

रत्न राउतले खानेपानीको सदस्य बन्दै गर्दा छद्दण्ण् समितिले उठाउदा सदस्य संख्या कति ररु भन्दै खानेपानीले अप्ठ्यारो पर्दा टोल समितिलाई भन्ने गरेको आरोप लगाए।महेन्द्रनगर खानेपानीलाई कसरी सहि मार्गमा अगाडि लैजानेतर्फ पनि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका थिए।

राउतले महशुलकै विषयलाई मात्रै अगाडि देखाएर खानेपानीलाई धरासायी बनाउनुभन्दा पनि सबैले खानेपानीको समस्या समाधानमा रचनात्मक सहयोग गनुपर्ने बताए ।
यता कोरोनाको बिचमा एक्कासि महशुल वृद्धि हुँदा जनताको ढाड सेक्ने काम भएको हुँदा यो निर्णय तत्काल खारेज गर्नुपर्नेमा सल्लाहकार अमर बहादुर दर्नालले जोड दिए।
खानेपानी संस्थानका सचिव गजेन्द्र थापाले बेरुजु रहनमा संस्थाका पदाधिकारीलाई मात्र दोषको भारी नबोकाउन आग्रह गरेका थिए ।