बराहक्षेत्रमा अनुगमनबाट १ करोड भन्दा बढी बचत भयो

  •  
  •  

दिपक पुरी ÷नडाहा
सुनसरीको बराहक्षेत्र नगरपालिकाको गत आर्थिक वर्ष २०७६÷७७ को संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारबाट स्वकृत ३ सय ७७ वटा साना–ठूला योजनाहरु मध्ये कुनै योजना टेन्डर प्रक्रिया र कुनै निर्माण समिति मार्फत बाट ९५ प्रतिशत काम सम्पन्न भएको योजना शाखाका प्रमुख राम ढकालले बताए ।
उनले भने साना योजना सम्पन्न भर्इ सकेको र केही ठूला योजना लकडाउनको कारण ढिला भएको र सबै योजना टेन्डर प्रक्रियामा गइ टेन्डर लागि काम धमाधम हुँदैछ भने कुनै सम्पन्न हुने तयारी रहेको ढकालले बताए ।
ढकालले भने ३ सय ७७ वटा योजना सम्पन्न गर्न संघ प्रदेश नगर बाट करिव १७ करोड ६१ लाख ६७ हजार ५ सय १४ रुपैया बराबरको बजेट बाट गत आर्थिक वर्षमा काम हुँदै गरेको
बताए ।

अनुगमन समितिले कति वटा निर्माण समिति लाई कार्वाही गरे ?

बराहक्षेत्र नगरपालिकामा योजना परेपछि उक्त योजनालाई प्राबिधिक शाखाले लागत इस्ट्मिेट योजनाको बजेट हेरि ठाउँको अबलोकन गरि मिटर यति एति लगाउने प्राबिधिक शाखाको निर्देशन अनुसार काम सुरु हुन्छ।
प्राबिधिकको अनुसार निर्माण समिति र ठेकेदार कम्पनीले काम गर्ने गर्दछन काम सुरु भएपछि बेला–बेलामा अनुगमन समिति र प्राबिधिकहरुले निरीक्षण गर्ने गरेको अनुगमन समितिका संयोजक उप–मेयर कमला मगरले बतार्इन् ।मगरले भनिन् “योजनाको काम सुरु भए पछि कम्ती २ पटक ठूला योजना बढीमा ४ पटक सम्म अनुगमन गर्ने गरेको बताउँछिन ।
उनले भने यस पटकमा ३ सय ७७ वटा योजना अरु अनुगमन गर्ने क्रममा धेरै निर्माण समितिले अत्यन्तै राम्रो काम गरेको पाइएको बताउछिन ।उनले स्टीमेन्ट भन्दा बढी काम मिटर भने भन्दा बढी गरेको देख्दा निर्माण समितिको प्रशंसा स्वरुप धन्यवादको पात्र समेत भएको र उत्कृष्ट निर्माण समितिलाई नगर सभामा सम्मानित गर्ने भने पनि विशेष कारणले गर्न नसकिएको र उहाँहरुलाई एउटा कुनै कार्यक्रम गरि सम्मान गर्ने समेत बताए ।
निर्माण समितिले अनुगमन समितिलाई जनताबाट हुने श्रमदान भने अनुसार नहुँदा समितिले अनुगमन समितिलाई गुनासो पोख्ने गरेका छन ।निर्माण समितिका अध्यक्ष कृष्ण भट्टराईले भने नगर तथा वडा बाट जति बजेट दिएपनि स्थानीयको अनिवार्य श्रमदान हुनुपर्ने हुन्छ । यता श्रमदान बापत दिनुपर्ने पैसा सबैले नदिएको गुनासो गरे।
समितिको गुनासो आएपछि नगरपालिका यो आर्थिक बर्षबाट सानो योजना भनेको ५ लाख देखि माथिी हुने र योजना परेपछि स्थानीयहरु दिने श्रमदान अनुसारको पैसा बैकमा जम्मा गर्नुपर्ने नियाम लागु गर्ने उप मेयर साथै अनुगमन समितिका संयोजक मगरले बताइन् । उनले भनिन् अनुगमन गर्ने क्रममा २३ वटा निर्माण समिति मापदण्ड अनुसार काम नगर्दा ती समितिहरुको बजेट कटौती भएको बताइन् ।

कति वटा योजना निर्माण समिति मापदण्ड बिपरित ?

प्राबिधिकले गरेको स्टिमेट भन्दा कम पैसा गुणस्तरीय काम ।

बराहक्षेत्र नगरपालिकाका केही योजनाहरु प्राबिधिकहरुको स्टिमेट मापदण्ड अनुसार काम गरेपनि मधुवनको योजनालाई छुट्याइएको ५० लाख ३४ लाख खर्च गरेको पाइएपछि बाँकी १६ लाख कटौती गरे र उक्त योजनाको मापदण्ड अनुसार भएपनि भने जति काम नहुँदा उक्त बजेट कटौती गरिए प्रशासकिय अधिकृत मनु कुमार सुब्बाले बताए ।

लिम्बूले भने प्राबिधिकहरुले पास गरेको योजनाहरु लाई पनि अनुगमन समितिले फेल गरेको छ । अहिले सम्म २३ वटा निर्माण समितिले लगत इस्टिमेट अनुसार काम नगरेको र जति काम भएको छ त्यस्को मात्र भुक्तानी गरेको प्रशासकीय अधिकृत मनु कुमार सुब्बाले बताए ।
उनले भने मधुवन शुक्रबारेमा ड्रेन ४० मिटर बनाउन पर्नेमा ४० मिटर ड्रेन बनाएपनि उक्त ड्रेन डयामेज कमसल सामाग्री प्रयोग गरेको,माझी संग्रहालय मधुवनमा तल्ला माथि सबै काम भएपनि वरिपरि वाल निर्माण नगरेको , प्रकाशपुर बजार ड्रेन निर्माण २० मिटर भन्दा बढी गर्नु पर्नेमा २० मिटर को मात्र भुक्तानी गरिदिएको पैनी हुँदै केशव मैनालीको घरको बाटो ग्राभेलको ९ सय ९७ मिटर लम्बाई हुनुपर्नेमा २३ मिटर कम काम गरेपछि गरेको कामको मात्र भुक्तानी दिएको प्रहरी कार्यालय देखि भुटाहासम्म ग्राभेल गर्दा स्टिमेट भन्दा ५० मिटर अपुग अपुग ५० मिटरको भुक्तानी कटौती , कुपि खोल कल्भर्त साथै ग्राभेल वडा नम्बर ३ मिटर कम २० मिटर भए पछी पुर्न थप गरेका छन। यस्तै अन्य समितिले पनि काम कम्ती गरे पछी काम गरे अनुसारको भुक्तानी गरेको लिम्बूले बताए ।

अनुगमन समिति कसरी गर्छन् अनुगमन ?

हुनत अनुगमन गर्ने पनि सहकारी कर्मचारीनै हुन प्राविधिक पनि कर्मचारीनै हुन उनी हरु लाई केहि पैसा दिएपछि पास भइ हाल्ने भने हरुपनी यहाँ धेरै नभएको भने होइन । जनताले के अनुगमन गर्छन् आयो हेरो गयो भने गरेका जनताले यो पटक भने निकै आचार्य मानेका छन । अनुगमन टोलि आएर निर्माण स्थानमा पुगेपछि त्यहाँका मानिसलाई खन्ती लगायत अन्य सामाग्री माग्नु थाले खन्ती हातमा लिएर बाटो खन्दै फित्ता लगाउँदै बाटो भने अनुसार छ छैन भन्दै तातो घाम पनि नभनी अनुगमन गरेको प्रत्यक्षदर्शी चन्द्र चन्द्रवंसीले बताए ।
उनले भने मेरो वडा १० नम्बर हो अहिलेसम्म यसैगरी अनुगमन गरेको मैले नदेखिएको बताए । अहिले आउनु भएको अधिकृत मनु सुब्बा र अनुगमन टोलिले गरेको अनुगमनलाई जनताहरुले अनुभूती गरेको चन्द्रवंसी ले बताए ।

अनुगमन टोलिले कति गरे बजेट कटौती ?

अनुगमन समिति गत आर्थिक बर्षमा भएको ३ सय ७७ वटा योजना बाट एक करोड भन्दा बढी रकम कटौती गरेको छ । निर्माण समिति बजेट अनुसारको स्टिमेट अनुसार काम नगर्दा र काम गरेपनि मापदण्ड बिपरित भने अनुसार काम नभएपछि अनुगमन समिति जति काम भएको छ त्यसको मूल्याकंन गरेर बजेट भुक्तानी गरेको र छुटिएको बजेटबाट कटौती गर्दा १ करोड भन्दा बढी नगरपालिकाको कोषमा जम्मा भएको अनुगमन समिति संयोजक कमला मगरले बताइन् ।