व्यापारीलाई काखी च्याप्दै सरकार

  •  
  •  

काठमाडौं । भ्रष्टाचार गरेका कारण बद्नाम बनेको चतुर्भुज भट्टको परिवारलाई प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का नेताहरु राजनीतिक नियुक्ति दिलाउने तयारीमा लागेको भन्दै सोही दलका केही नेताहरुले आक्रोश पोखेका छन् ।

‘भट्ट तिनै व्यक्ति हुन् जसले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा कृषि सामग्री केन्द्रको महाप्रवन्धक हुँदा मलखाद आयातमा करोडौं भ्रष्टाचार गरेकोमा कारबाही गरिएको थियो, अहिले उनकै छोरा सुशील भट्टलाई हाम्रा अध्यक्ष नै किन च्यापिरहेका छन्, आश्चर्य लाग्छ’ माधव नेपाल निकट मानिने स्थायी समिति सदस्यले मिडियालाई भने– चतुर्भुज भट्टका छोरा सुशील भट्टलाई कुनै सरकारी निकायको प्रमुख बनाउने तयारीमा प्रधानमन्त्री देखिनुहुन्छ ।

‘मलखाद आयात गर्ने भनेर लिएको सरकारी रकम हजम बनाउन चतुर्भुजले समुद्रमा जहाज डुब्यो भन्ने कागज बनाए, कागजी घोडा तयार पारेर करोडौं रुपियाँ हिनामिना गराउने काममा बाबुलाई यिनै सुशील भट्टले सघाएको जगजाहेर हुँदाहुँदै यस्ता बद्नाम मान्छेलाई च्यापेर हिड्नु पार्टीको हितमा कसरी हुन्छ’ नाम उल्लेख नगरिदिन उल्लेख गर्दै एमाले नेताले बताए ।

यस सम्बन्धमा सुशील भट्टसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले मिडियासँग कुनै कुरा नगर्ने आफ्ना सहायकमार्फत जानकारी गराएका छन् ।