बेलकामा बालकद्वारा आत्महत्या

  •  
  •  

बेलका उदयपुर
बेलका नगरपालिका वडा नं ३ ,रातापानी गॉउका १२ वर्षिय बालकले झुन्डीएर आज श्रावण ८ गते आत्महत्या गरेका छन् ।

स्थानीय बेलका आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र डिकेस नेपालीले आफ्नै घरको दलानमा बिहान करिव ११ बजेको समयमा हजुरआमा घर बाहिर भएको अवस्थामा दाम्लोको पासों बनाई झुन्डीएको अवस्थामा फेला परेको स्थानीयले बताए।
बालकले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन् ।
बालक आफ्ना ६ वर्षीय भाई र बृद्ध हजुरआमासंग बस्दै आएको र बुवा बैदेसिक रोज़गारको सिलसिलामा विदेसमै रहेको र आमाले ३ बर्ष अघिनै दोश्रो बिवाह गरेर गइसकेको गाउँलेले बताए।