बराहक्षेत्र चारमा खुल्ला दिशा मुक्त क्षेत्र नारामा मात्र सीमित

  •  
  •  

सुबिन बिश्वकर्मा ÷बराहक्षेत्र
सुनसरी जिल्ला नेपालको ५६ औं खुल्ला दिशा मुक्त जिल्ला हो भने केही समय अगिमात्र मुलुकनै पनि खुल्ला दिशा मुक्त घोषणा भइसकेको छ। तर अझैपनि देशका विभिन्न भागमा व्यवहारमा खुल्ला दिशा मुक्त नभएको प्रशस्त उदाहरणहरु देखिन्छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा पर्ने दश बिघे पुल छेउको नयाँ पोलेटिन (टोल)मा मात्र ६ परिवारका ३४ जना सदस्य शौँचालयबिहिन अवस्थामा रहेका छन् ।
उक्त स्थान नयाँ संरचना आउनु पूर्व खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भैसकेको साजिक भरौल गाबिसमा पर्दछ।
स्थानीय बिन्दे श्री ठाकुरले बताए अनुसार बर्षौदेखी शौँचालयको विषयमा वडा कार्यलयमा गुनासो राखेको भएपनी अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।

आर्थिक र शैक्षिक रूपमा बिपन्न रहेका उक्त स्थानका बासिन्दाहरुलाई वडाको बजेट कहाँ र कसरी खर्च भैरहेको छ भन्ने बारेमा अनबिज्ञ रहेको उनीहरुको भनाई छ।
मधेसी समुदायको चौधरी, ठाकुर रहेको सो टोलमा ६ घर बाहेक अन्य ५र६ घरको आफ्नै शौचालय छ भने शौँचालयबिहिन परिवारले वडा लगायतमा आफ्नो गुनासो राखेको भएपनी कसैले वास्ता नगरिदिएको उनीहरुको गुनासो छ।
यसअगि एउटा एनजीओले गर्भवती महिला भएको परिवारलाई ट्युबवेल बितरण गरिदिएको र शौचालयको कुरा पनि राखेको स्थानीयले बताएका छन।
यसै सन्दर्भमा यस क्षेत्रका वडा अध्यक्ष आशाराम चौधरीले भने गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् । उनले भने, मलाई यो विषयमा थाहै छैन, र पनि शौँचालय बनाइदिने काम वडाले गर्दैन।