जनता नमुना मावि गुरुङचौरीमा बन्ने भयो स्व.गुरुङको प्रतिमा

  •  
  •  

ललित राई
बेलका उदयपुर
जनता नमुना माध्यामिक बिधालय गुरुङचौरिले नमुना बिधालय छनोट भएको खुसियालीमा साउन ६ गते मंगलबार राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बेलका नगरका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी दुर्गा कुमार थापाले विद्यालय परिसरमा ईतिहासमा योगदान गरेको स्वर्गिय चन्द्र बहादुर गुरुङको प्रतिमा स्थापना गर्न सुझाउनु भएको छ।शुभकामना कार्यक्रममा बोल्दै मेयर थापाले मरेर जाने युग पुरुषको हामीले सम्मान गर्न कहिल्यै पछि पर्न नहुने बताए।गुणस्तरीय शिक्षाका लागि बेलका नगर सरकार सधै सकारात्मक रहने र शैक्षिक बिकासमा बेलकाले कुनै कसुर बांकी नराख्ने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले बताउनुभयो। मेयर थापाका अनुशार बिधालयलाइ नमुना बिधालय छनोट गर्न निकै कसरत गर्नु परेको बताउनुभयो।
बिधालय परिवारलाइ शुभकामना दिँदै थापाले यस विधालय अव बेलकाको सम्पूर्ण बिधालयको अभिभावक बन्नु पर्नेमा जोड दिनुभयो।

गत असार ३१ गते बसेको शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रको मन्त्री स्तरिय निर्णय अनुसार जनता मा बि गुरुङचौरी छनोट भएको हो।

औपचारिक रुपमा सन्चालन भएको कार्यक्रमको अध्यक्षता बिधालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, बिशेश अतिथी नगर उप प्रमुख राजकुमारी चौधरी , नेकपा उदयपुर जिल्ला सदस्य रमन भट्टराई , बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल , बेलका शिक्षा शाखा प्रमुख सुनिल निरौला, कोशी मा बि रामपुरका बि ब्या स अध्यक्ष गणेश बस्नेत ,नेकपा बेलका नगर प्रबक्ता ललित राई लगायत स्थानी राजनैतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक, शिक्षिकाको उपस्तिथिमा सम्पन्न भएको हो।
यसै शैक्षिकसत्र देखि बिधालयमा प्राबिधिक धारको तर्फको सिभिल इन्जिनियरिङ पनि सन्चालनमा आएको बिधालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङ्ले बताउनुभयो। हामिले प्राबिधिक साथसाथै कक्षा ० देखि ८ सम्म अंग्रेजि माध्यम बाट पठनपाठन गराउन लागि परेका छौं र यश बिधालयलाई सर्वोकृष्ठ नमूना बिधालय बनाउन सर्वपक्षिय सहयोग गर्न अध्यक्ष तामाङले अनुरोध गर्नुभयो ।

अध्यक्ष तामाङले नेपाल सरकार,शिक्षा,विज्ञान तथा प्रवृधि मन्त्री गिरीराजमणी पोख्रेल,उदयपुर २का माननिय सुरेश कुमार राई ‘हिमाल’, पुर्व माननिय मणि खम्बु,नेकपा नेता राजन किरॉती’वासु’,नगर प्रमुख दुर्गा कुमार थापा, वडा नं ४का वडाध्यक्ष दिपक दंगाल लगायत लाई सहयोग पुर्याउनु भएकोमा घन्यवाद ज्ञापन गर्नुभयो।मेयर थापाको प्रस्तावों चर्चा गर्दै अध्यक्ष तामाड०ले स्वर्गिय चन्द्र बहादुर गुरुड० को योगदानलाई विद्यालयले सदैव सम्झीरहने गरि कार्य योजना अगाडी वढाउने बताउनुभयो।

नमुना भनेको अरु भन्दा फरक हुनु पर्छ र बेलका नगरपालिकाको शैक्षिक इतिहासमा यो एउटा ठूलो उपलब्धि भएकाले बिधालय सुधारमा सबै एकजुट हुनु पर्ने बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले बताउनुभयो।

शैक्षिक बिकासमा बेलका नगरपालिकाले उल्लेखनीय फट्को मारेको छ र यो नमुना छनोट हुनु भनेको हाम्रो नगरको शैक्षिक बिकासमा कोशेढुङ्गा साबित भएको बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगालले बताउनु भयो भुइमा धुलोमा बसेर अध्ययन गरेको स्कुल आज नमुना छनोट भै भैतिक तथा जनशक्तिको रुपमा सुबिधा सप्पन्न तर्फ उन्मुख भै रहदा आफू खुशी भएको दंगालले बताउनुभयो । शैक्षिक बिकासमा आफू र आफ्नो वडा बाट गर्ने सहयोगमा कुनै कसुर बांकी नराख्ने दंगालले बताउनुभयो।
कार्यक्रममा नब नियुक्त प्र अ सम्मर बहादुर राईले पद बहाली गरेका थिए। कार्यक्रममा नेकपा जिल्ला सदस्य रमन भट्टराई, कोशी माबिका अध्यक्ष गनेश बस्नेत , नेकपा नगर प्रबक्ता ललित राई लगायतले बिद्यालयको उन्नती र प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम अघि नगर प्रमुख लगायतको टोलिले विद्यालयको निरीक्षण गरेको थियो।