क्रिकेटर सुनमलाई मेकगिलले मेन्सन गर्दै अस्ट्रेलियन बिग बोसमा अवसर दिन सिफारिस

  •  
  •  

सिड्नी । अस्ट्रेलियाको ‘बिग बोस लिग’मा सामेल गर्नका लागि चर्चित पूर्वअस्ट्रेलियन क्रिकेटर स्टुआर्ट मेकगिलले नेपाली क्रिकेटर सुनम गौतमलाई सम्बद्ध क्लबहरूलाई सिफारिश गरेका छन् ।


क्रिकेटर मेकगिलले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट नेपाली खेलाडी सुनम गौतमलाई मेन्सन गर्दै सो सिफारिश गरेका हुन् । ट्विटरमा मेकगिलले भनेका छन्, “स्पिन बलरको खोजी गरेका बिबिएल क्लबहरू जसले विपक्षीमाथि हावी भएर प्रतिष्पर्धात्मक खेलहरू जिताउन सक्छ उनीहरूले सुनम गौतमबाहेक अन्त हेर्नु पर्दैन । मलाई विश्वास गर्नुस् ।”

म्याकगिल आधुनिक क्रिकेटमा सबैभन्दा राम्रो स्ट्राइक रेट भएका लेग स्पिनर हुन् । उनले अस्ट्रेलियाका लागि ४४ वटा टेस्ट म्याच खेलेर २ सय ८ वटा विकेट लिएका छन् । त्यसैगरी उनले तीनवटा एकदिवसीय म्याच खेलेर ६ वटा विकेट लिएका छन् ।
स्टुआर्ट मेकगिलले गरेको ट्विटले आफ्नो क्रिकेटिङ करियरमा धेरै नै अर्थ र महत्व राख्ने तथा यसले आफूलाई आत्मविश्वास बढाउन भूमिका खेल्ने क्रिकेटर गौतमले बताए ।