चतराको साकेला पार्क व्यवस्थापन समितिको अध्यक्षमा दिनेश राई चयन

  •  
  •  

दिपक पुरी नडाहा
सुनसरीको बराहक्षेत्र नगरपालिका साबिक बराहक्षेत्र हाल वडा १ र २ मा रहेको किरात राईहरूको पवित्र धार्मिक स्थल साकेला थान ९ पार्क० को निर्माण तथा व्यस्थापन समिति दिनेश काम्दुङ राई चयन भएका छ्न ।
सनिवार भएको साधारण भेलाबाट दोश्रो कार्यकालका लागि दिनेश काम्दुङ राईको अध्यक्ष्तामा ९ सदस्य समिति चयन भएको समितिका निवर्तमान अध्यक्ष मनजित राईले जानकारी दिए ।

जसमा उपाध्यक्ष– सुवधन राई, सचिव–विश्व थुलुङ राई, सहसचिव( पुष्पा राई, कोषाध्यक्ष(जानुका राई, सदस्यहरूमा जितेन्द्र राई, शान्ता राई रहेका छन भने दुई सदस्य पछि मनोनित गरिने नव निर्बाचित अध्यक्ष दिनेश काम्दुङ राईले बताए ।

निवर्तमान अध्यक्ष मनजित राई द्वारा समितिको विधिवत रूपमा पदभार हस्तान्तरण गरेका हुन उनले भने यो
वराहक्षेत्र एेतिहासिक पुरातात्वीक रूपमा किरात समुदायहरूको पवित्र धार्मिक स्थलको रूपमा जोडिएको क्षेत्र भएकोले पनि यस क्षेत्रको धार्मक पर्टकहरूको आकर्षक स्थलको रूपमा यस साकेला थान (पार्क)लाई साँस्कृतिक संग्रहका रूपमा आधुनिकीकरण गर्न यश समिति शुभकामना दिएका छन ।
यता नवनिर्बाचित समितिले यसै उद्देश्यमा रहि समितिले काम गर्ने प्रतिबद्ध जनाएका छ्न ।

सनिवार भएको कार्यक्रममा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति वराहक्षेत्र १ र २ का अध्यक्ष लालकुमार राई, सचिव सर्वन कुमार राई, संस्थापक एवम् पूर्व जिल्ला सदस्य मनजित राई, किरात राई पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष भीषण राई, वराहक्षेत्र नगरकमिटि सदस्य जितेन्द्र राई लगायतको उपस्थिति रहेको सचीव विश्व थुलुङ राईले बताए ।