ग्राहकलाई सन्तुष्ट बनाउँदै नवीन गृल पसल

  •  
  •  

दिपक पुरी, नडाहाः विदेशमा रोजगारी गर्न गएका सबैले भने जस्तो काम पाउँदैनन् । कमाउन पनि सक्दैनन् । विदेशमा दुःख पाउनु भन्दा आफ्नै गाउँ ठाउँमा आफुले जानेको उद्यम, व्यवसाय गरे त्यसैमा सफल बन्न सकिन्छ । बराहक्षेत्र वडा ३ नडाहा टेकानेका २३ वर्षिय युवक नवीन कार्की यस्तै कुराको उदाहरण बनेका छन् ।

उनि ५ बर्ष अघि काठमाण्डू गृलको काम गर्दथे । विदेश गए पैसा कमानउ सकिएला भनि कार्की कतार गए । त्यहाँ २ बर्ष रोजगारी गर्दा काठमाण्डू भन्दा बढी दुःख पाए । उनि भन्छन् ‘काठमाण्डू भन्दा कतारमा बढी दुःख पाएँ ।’ त्यहाँको दुःख थेग्न नसकेपछि उनि घर र्फिर्कए ।

कतारमा ठूलो दुःख गरेर कमाएको केही पैसाले गाउँ ठाउँमै केही गर्ने सोच आएको बताउँदै उनले भने ‘अब काठमाण्डू पनि किन जाने यहीँ काम गरेर खान, लाउन पुग्ने कमाए भैहाल्यो भन्ने सोच आयो ।’ उनले जानेको काम गृल भन्दा अरु कुनै थिएन । सानै उमेरको भए पनि काममा लगनशील मेहेन्नतले काम गर्दै जादा गृल सम्बन्धि सम्पुर्ण काम गर्न सक्ने भएका थिए । उनि भन्छन् ‘अरुकोमा काम गर्दै जाँदा गृलको काम सिबै जानियो ।’

यसैले उनमा बिदेश गएर पैसा कमाउने अनि गाउँघरमा आफै गृल पसल खोल्ने सपना देखेका थिए । उनले भने ‘मैले देखेको सपना पूरा भएको छ ।’ दुई वर्षअघि कतार बाट फर्केपछि २०७५ सालमा उनले नडाहामा गृल पसल खोले । उनले नडाहामा गृल पसल चल्दैन कि भन्ने सुरुसुरुमा आशंका गरेका थिए । तर पनि उनी निराश भएनन ।

आफु भन्दा ठुला अग्रजहरुले सधै सल्लाह प्रोत्साहित दिएकोले उनि गाउँमा परिचित हुदै गए । साथीभाइहरु नडाहा र आसपासका स्थानियले उनलाई गृलको काम दिन थाले । उनि भन्छन् ‘मैले जानेको नयाँ डिजाइन राम्रो फिनिसिङ गरि सामान दिन थालेपछि पसल राम्ररी चल्यो ।’ पसल खोले देखि अहिलेसम्म खाली हात बस्नु नपरेको कार्कीले बताउँछन् ।

कसैले काम दिए लगत्तै रातदिन नभनी तत्कालै ग्राहक लाई मागेको दिन भन्दा दुई दिननै अगाडिनै उनि गृलको समान बनाई दिन्छन् । व्यवसायीमा चाहिने सरल स्वभावले पनि उनलाई साथ दिएको छ । स्थानिय सन्तोष पुरी भन्छन् ‘सधै नरम बोल्ने स्थानिय संग नजकिने ग्राहकको चित्त बुझ्ने गरी काम गर्ने भएकाले कार्कीको गृल व्यवसाय निकै चलेको छ ।’ उनका अनुसार एक लाख बराबरको काम लगाएकोमा नविनले सोचेको भन्दा पनि राम्रो काम गरिदिए ।

पुरीको तार झाली उद्योगका कामहरु र नेपाल दशनामि समाजको भवनमा ट्रस्ट लगाउने काम समय अगावै नविन कार्कीले तयार गरिदिएका थिए । चतराको नयाँ पुल स्थित चुला रोस्टो रेस्टुरेन्ट संचालक नदि राईले उनै लाई गृलको काम जिम्म दिए ।

राईले उनको कामको प्रशंसा गर्दै भने ‘रेस्टुरेन्टमा जतिपनि ट्रस्ट लगाएको छ यो सबै नवीन गृल उधोगले गरेको हो ।’ लकडाउनका कारण काम बन्द भएको कार्कीको गृल उद्योग अहिले धमाधम चलिरहेको छ । नेपाल सरकारको जनता आवज बस्ती बराहक्षेत्र ६ को २६ वटा घरमा ट्रस्टको छानो उनैले लगाए । अहिले उनि एक स्कुलको काममा व्यस्त भएका छन् ।