गुरुङचौरी मावि बेलकाको अभिभावक विद्यालय बन्नुपर्छ : मेयर थापा

  •  
  •  

सुमन सागर खतिवडा
बेलका उदयपुर
जनता नमुना माध्यामिक विधालय गुरुङचौरीले नमूना विधालय छनोट भएको खुसियालीमा साउन ६ गते मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
गत असार ३१ गते बसेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रको मन्त्री स्तरीय निर्णय अनुसार जनता माबि गुरुङचौरी छनोट भएको हो।

औपचारीक रुपमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता विधालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, बिशेश अतिथी नगर उप–प्रमुख राजकुमारी चौधरी , नेकपा उदयपुर जिल्ला सदस्य रमन भट्टराई , बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल , बेलका शिक्षा शाखा प्रमुख सुनिल निरौला, कोशी मा बि रामपुरका बि .ब्या. स. अध्यक्ष गणेश बस्नेत ,नेकपा बेलका नगर कमिटी प्रबक्ता ललित राई लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक, शिक्षिकाको उपस्तिथिमा सम्पन्न भएको हो।
यसै शैक्षिक सत्र देखि विधालयमा प्राबिधिक धारको तर्फको सिभिल इन्जिनियरिङ पनि सन्चालनमा आएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज तामाङ्ले बताए।
हामीले प्राबिधिक साथसाथै कक्षा ० देखि ८ सम्म अंग्रेजी माध्यम बाट पठन–पाठन गराउन लागि परेका छौं र यस विधालयलाई सर्वोकृष्ठ नमूना बिधालय बनाउन सर्वपक्षिय सहयोग गर्न अध्यक्ष तामाङले सबैलाई अनुरोध गरे।

गुणस्तरीय शिक्षाका लागि बेलका नगर सरकार सधै सकारात्मक रहने र शैक्षिक बिकासमा बेलकाले कुनै कसुर बांकी नराख्ने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दुर्गा कुमार थापाले बताए । थापाका अनुशार बिधालयलाइ नमुना बिधालय छनोट गर्न निकै कसरत गर्नु परेको बताए। बिधालय परिवारलाइ शुभकामना दिँदै थापाले यश बिधालय अब बेलकाको समपुर्ण बिधालयको अभिभावक बन्नु पर्नेमा जोड दिए।

नमुना भनेको अरु भन्दा फरक हुनुपर्छ र बेलका नगरपालिकाको शैक्षिक इतिहासमा यो एउटा ठूलो उपलब्धि भएकाले बिधालय सुधारमा सबै एकजुट हुनु पर्ने बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले बतार्इन् ।

शैक्षिक विकासमा बेलका नगरपालिकाले उल्लेखनीय फट्को मारेको छ र यो नमुना छनोट हुनु भनेको हाम्रो नगरको शैक्षिक विकासमा कोशेढुङ्गा साबित भएको बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगालले बताए ।
भुँइमा धुलोमा बसेर अध्ययन गरेको स्कुल आज नमुना छनोट भै भैतिक तथा जनशक्तिको रुपमा सुबिधा सप्पन्नतर्फ उन्मुख भै रहँदा आफू खुशी भएको दंगालले बताए ।
शैक्षिक बिकासमा आफू र आफ्नो वडाबाट गर्ने सहयोगमा कुनै कसुर बांकी नराख्ने दंगालले बताए।
कार्यक्रममा नब नियुक्त प्र अ सम्मर बहादुर राईले पद बहाली गरेका थिए।

कार्यक्रममा नेकपा जिल्ला सदस्य रमन भट्टराई, कोशी माबिका अध्यक्ष गणेश बस्नेत , नेकपा नगर प्रबक्ता ललित राई लगायतले बिद्यालयको उन्नती र प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।