नेयमार र डि मारियालाई कोरोना

  •  
  •  

पेरिस सेन्ट जर्मन (पिएसजी) क्लवका स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्लबले बुधबार बिहान सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । उनीहरू फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए ।
च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरू बिदा मनाउन गएका थिए ।

अहिले उनीहरू सेल्फ आइसोलेसनमा बसिरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।