‘म पीएसजीको इतिहासको किताबमा मेरो नाम लेख्न चाहन्छुः नेयमार

  •  
  •  

ब्राजिलियन स्ट्राइकर नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० नछोड्ने जनाएका छन् । पूर्वक्लब बार्सिलोना फर्किने चर्चामा रहेका नेयमारले हालै एक अन्तर्वार्ताका क्रममा पीएसजी नछोड्ने जनाएका हुन् ।

सन् २०१७ मा कीर्तिमानी मूल्यमा पेरिस आएका नेयमार केही समयअघि बार्सिलोना फर्किने चर्चामा थिए । २२२ मिलियन युरोमा फ्रान्सको राजधानी आएका नेयमारलाई बार्सिलोनाले फर्काउने चर्चा थियो ।

च्याम्पियन्स लिगकै लागि सबैभन्दा महँगो रकम खर्चेर ल्याएको पीएसजी २०१९–२० को सिजनमा भने फाइनलसम्म पुगेको थियो । पहिलो पटक फाइनलमा पुगेको पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको थियो ।अब फेरि च्याम्पियन्स लिगको फाइनल खेल्ने नेयमारको चाहना रहेको छ । तर, २८ वर्षीय नेयमारले पीएसजीमै बसेर फेरि पनि फाइनल खेल्ने चाहना व्यक्त गरे ।

‘म अर्को सिजन पनि पीएसजीमै बस्नेछु’, नेयमारले ‘पीएसजी ले म्याग’सँगको अन्तर्वार्तामा भने, ‘फेरि एक पटक च्याम्पियन्स लिगको फाइनल खेल्न चाहन्छु । तर त्यो समय जित्न चाहन्छु ।’

‘म पीएसजीको इतिहासको किताबमा मेरो नाम लेख्न चाहन्छु र यसका लागि म जे पनि गर्न तयार छु’, उनले थपे ।